मङ्लबार, भदौ ८, २०७८

अर्घाखाँचीमा भारतबाट फर्किएका दुई जनामा कोभिड-१९ संक्रमणको आशंका, प्रादेशिक अस्पताल रिफर

अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीले सोमबार कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको छ ।

जिल्लाको सितगङा नगरपालिका र मालारानी गाउँपालिकाका दुई जनालाई जिल्ला अस्पतालबाट रिफरग रिएको अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिएका छन् । दुवै शंकास्पद बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech