शनिबार, भदौ ५, २०७८

संक्रमितको घर-घरमै पुगेर सेवामा खटिदैं अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

अशोक खनाल, अर्घाखाँची ।

कोरोना भाइरसको नयाँ भेरियण्टको संक्रमण बढेसंगै अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले संक्रमितको घरमै पुगेर रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधिहरु वितरण गर्न सुरु गरेको छ ।

केन्द्रले बुधबारबाट रोगप्रतिरोधात्मक क्षमता बढाउने तथा स्वास्थ्य प्रबधनात्मक तथा उपचारात्मक आयुर्वेदिक औषधिहरु यष्ठिमधु चूर्ण, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, तुलसी चिया, गुडुचि चिया, सितोपलादी चूर्ण लगायतका औषधिहरु नि:शुल्क वितरण गर्न सुरु गरेको शुरु हो ।

हाल जिल्लाका संस्थागत आइसोलेसन केन्द्रमा संक्रमित छैनन् । दैनिक दश/बाह्र जना संक्रमितलाई निवासमै पुगेर केन्द्रले स्वास्थ सेवा दिदै आएको कविराज निरिक्षक कमल प्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै प्रर्बधनात्मक कार्यक्रम अन्तर्गत कोभिडबाट बच्चे बिभिन्न उपायहरु योग, रोग प्रतिरोधात्मक क्षमता बढाउने बिधिहरु, स्वस्थ जिवनशैली आदिको बारेमा समेत जानकारी दिईएको आचार्यले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech