बिहिबार, भदौ १०, २०७८

पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ । यो समेत नेपालमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त भएका छन भने कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ रहेको छ । – समय पोष्टबाट

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech