शुक्रबार, भदौ ४, २०७८

बुद्धभुमी नगरपालिकाले तयार गर्‍यो २५ शैयाको अक्सीजनसहितको आइसोलेशन बेड

कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिकामा २५ शैयाको अक्सीजनसहितको आइसोलेशन बेड तयार भएको छ । नगरपालिकाको वडा नं. २ मा रहेको गौतम बुद्ध क्याम्पसमा २५ शैयाको अक्सीजनसहितको आइसोलेशन बेड तयार भएको हो । आजबाट सुरु भएको आइसोलशन बेडमा ४ जना संक्रमित समेत बसी सकेका छन ।

संक्रमितको उपचारमा कुनै अभाव हुन नदिन नगरपालिकाले बिभिन्न महत्वपुर्ण निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताए । साथै पौडेलले संक्रमितको उपचारमा प्रयोग हुने एम्बुलेन्सको शुल्क समेत नगरपालिकाले तिर्ने ब्यवस्था मिलाएको बताए ।

त्यस्तै बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका भित्रका कोरोना संक्रमितको उपचारमा नगरपालिका गम्भीर रहेको बताउदै अक्सीजनसहितको थप आइसोलेशन बेड बनाउने तयारी समेत भई रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech